Government of Nepal Logo
Government of Nepal Logo

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रवेश / प्रस्थान विन्दु 2074-10-18

नेपालका प्रवेश तथा प्रस्थान बिन्दुमा अध्यागमन विभागको मातहतमा स्थापना भएका दश अध्यागमन कार्यालयहरु रहेका छन्। हवाई उडानबाट नेपाल आउने स्वदेशी तथा बिदेशीको आगमन र प्रस्थान  ब्यवस्थापन अध्यागमन कार्यालय, त्रि.अ.वि ले गर्दछ। अध्यागमन कार्यालय, पोखराले पर्यटक भिषाको म्याद थप गर्ने तथा पदयात्रा अनुमति जारी गर्ने कार्य गर्दछ भने अन्य प्रवेश तथा प्रस्थान बिन्दुमा स्थापित अध्यागमन कार्यालयहरुले छिमेकी राष्ट्रहरु भारत र चीनबाट आउजाउ गर्ने बिदेशी नागरिकको (भारतीय बाहेक) आगमन तथा प्रस्थान ब्यवस्थापन सम्बन्धी कार्य गर्दछ। कुनैपनि बिदेशीले प्रवेश तथा प्रस्थान बिन्दुमा रहेका अध्यागमन कार्यालयमा उपस्थित भइ अध्यागमन सम्बन्धी आवश्यक औपचारिकता पुरा नगरि नेपाल भित्र प्रवेश वा नेपालबाट गमन हुन पाउँदैन।

 

१) अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल, काठमाडौं

२) अध्यागमन कार्यालय, काकडभिट्टा, झापा (पूर्वाञ्चल)

३) अध्यागमन कार्यालय, विरगंग, पर्सा (मध्यमाञ्चल)

४) अध्यागमन कार्यालय, कोदारी, सिन्धुपाल्चोक (उत्तरी सिमा)

५) अध्यागमन कार्यालय, बेलहैया, भैरहवा (रुपन्देही, पश्चिमाञ्चल)

६) अध्यागमन कार्यालय, जमुनहा, नेपालगंज (बाँके, माध्य पश्चिमाञ्चल )

७) अध्यागमन कार्यालय, मोहना, धनगढी (कैलाली, सुदुर पश्चिमाञ्चल)

८) अध्यागमन कार्यालय, गड्डाचौंकी, महेन्द्रनगर (कंचनपुर, सुदुर पश्चिमाञ्चल)

९) अध्यागमन कार्यालय, रसुवागढी, रसुवा (उत्तरी सिमा)

१०) अध्यागमन कार्यालय, पोखरा (प्रवेश विन्दु होइन)

११) अध्यागमन कार्यालय, विराटनगर, मोरङ्ग 

नेपालका प्रवेश तथा प्रस्थान बिन्दुमा अध्यागमन विभागको मातहतमा स्थापना भएका दश अध्यागमन कार्यालयहरुको बारेमा जानकारी लिन , यहाँ click गर्नुहोस  


पछिल्लो अपडेट गरिएको : 2024-03-29 03:10:43 03:10:43
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter