आगमन र प्रस्थान सम्बन्धी जानकारी

 

अध्यागमन विभागले आफ्ना कार्यलयहरु मार्फत् नेपाली नागरिकको आगमन तथा प्रस्थान ब्यवस्थापन र बिदेशी नागरिकको नेपाल आगमन, प्रस्थान र उपस्थितिको नियमन गर्दछ।

 

अध्यागमनबाट नेपाली नागरिकलाई प्रस्थान अनुमति नदिइनुका कारणहरु

  • राहदानी वा भिषा जाली भएमा।
  • गन्तब्य मुलुकको भिषा सक्कल नभएमा वा अनलाइन verify नभएमा।
  • पेश गरिएका अन्य ट्राभल डकुमेन्ट जाली वा झुटो भएमा।
  • भ्रमणको उद्धेश्य विपरित श्रम गर्ने उद्धेश्यले बिदेश जान खोजेको पाइएमा।
  • जाने मुलुकको शहर वा ठाउँमा बासको बारेमा एकिन नभएमा।
  • भिसा पाएको मुलुकमा नभई अन्य मुलुकमा प्रवेश गर्न चाहेको बुझिएमा।
  • पर्यटक भिसामा जाने तर फर्कने टिकट नभएमा।
  • मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा।